आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि द्धारा केन्द्र तथा फिल्ड व्यवस्थापन तालिम पाल्पा तानसेनमा सम्पन्न

image

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. द्धारा फिल्डमा कार्यारत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ केन्द्र तथा फिल्ड व्यबस्थापन तालिम पाल्पा तानसेनमा सम्पनन गरेको छ ।उक्त तालिममा लुम्बिनी प्रदेश,गण्डकी प्रदेश, अन्तर्गतका जिल्लाहरु ःतनहुँ,स्याङजा,पाल्पा,गुल्मी,कास्की,पर्वत र बाग्लुङमा अबस्थित शाखा कार्यालयबाट ४० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ,सँस्थाका अध्यक्ष तथा माईक्रोफाइनान्स् एसोसीयसन अफ नेपालका अध्यक्ष श्री जगत बहादुर पोखरेलज्युले कार्यक्रमको उदघाटन गर्दै यस लघुवित्तलाई आगामी ३ बर्ष भित्र देशको ठुलो र नमुना लघुवित्तको रुपमा बिकास गर्न कर्मचारीहरुको ठुलो भुमिका हुने हुनाले दक्ष कर्मचारी हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै समाजसेवी अजयमान कर्माचार्य ज्युले लक्षित समुदायमा छरीएर रहेको साना साना पुँजीलाई एकीकृत गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गरिवी न्यूनिकरण अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । कार्यक्रमका सहभागीहरुलाई संस्थाका अध्यक्ष श्री जगत वहादुर पोखरेलले अतरक्रिया गर्दै कर्मचारीहरुले कर्जा अनुसासनमा सजग रहन र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा बुद्धीजिवि श्री टंक भट्टराई, इन्जिनियर श्री लेखनाथ पाण्डे, समाजसेवी खिमनाथ शर्मा लगायतका बक्ताबाट सो कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता सँस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्लेले गर्नुभएको उक्त कार्यक्रममा सँस्थाका लुम्बिनी प्रदेश प्रमुख श्री बिमल खनालले कार्यक्रमको उद्दृश्य माथि प्रकाश पार्दै सहभागी हरुलाई स्वागत गर्नुभएको थियो । उक्त तालिम कार्यक्रममा सँस्थाका नायव कार्यकारी अधिकृत श्री किरण काफ्ले ,प्रदेश प्रमुख श्री बिमल खनाल ,अनुगमन अधिकृत श्री भबिश्वर ढकाल, झडेवा पाल्पा शाखा का शाखा प्रबन्धक श्री सन्तोष रायमाझी र सिमलटारी गुल्मी शाखाका शाखा प्रबन्धक श्री देवराज पौडेलले प्रशिक्षण गर्नुभएको थियो ।

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि. बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रीय स्तरको लघुवित्त वित्तीय सँस्था हो हाल देश भरी ५२ जिल्लामा १३३ वटा शाखा मार्फत आफ्नो वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

 

 

 

 

© Copyright 2025. Aarambha Chautari Laghubitta All Rights Reserved.