आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सम्पन्न गर्यो leadership Development Training

Device

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले  Leadership Development Training  कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सम्पन्न गरेको छ | २०७७ फागुन २७ गते देखि २९गते सम्म सञ्चालन भएको उक्त दिनको तालिम कार्यक्रममाआरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु, अनुगमन अधिकृतहरु, प्रदेश प्रमुखलगायत केन्द्रीयकार्यालय र प्रदेश कार्यालयकाकर्मचारीहरु, देउराली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित विभागीय प्रमुख,वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत गरी जम्मा ३५ जनाको सहभागीता रहेको थियो । 

तालिम कार्यक्रमको उदघाटन सत्रमा पाल्नुहुने अतिथि एवं तालिमका सहभागीहरुलाई स्वागत गर्दै संस्थाका नायव कार्यकारी अधिकृत श्री किरण काफ्लेले हाल नेपालमा लघुवित्त संस्थाहरुले विपन्नवर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको र ग्राहकहरुलाई सेवा प्रदानगर्ने क्रममा लघुवित्त संस्थाहरु वीचमाअत्यधिकप्रतिष्पर्धा रहेको वर्तमानअवस्थामा व्यवसाय सञ्चालन तथा विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको प्रमुख भूमिका रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिबृद्धिको लागि संस्थाले यो तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाटतालिमहरु प्रदानगर्दै जाने योजना रहेको कुरा वताउनु भयो ।

 

तालिम कार्यक्रमको उदघाटन गर्नुहुंदै प्रमुखअतिथि तथा सञ्चालक समितिकाअध्यक्ष जगत वहादुर पोखरेलले नेपालको विपन्न वर्गको आर्थिक सम्बृद्धिको महान अभियानको रुपमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था अगाडी वढीरहेको हुंदा यो संस्थाले निकट भविष्यमा सवै जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गरी खासगरी नेपालको विकट वस्तीहरुमा वस्ने पिछडिएका वर्गहरुलाई विशेष प्राथमिकतादिई उनीहरुलाई समेत सेवा पु–याउने लक्ष्य रहेको वताउनु भयो । कर्मचारीहरु संस्थाका खम्वा भएकाले संस्थाले आफ्नो खम्वालाई वलियो र सुदृढ वनाउने क्रममा यो तालिमआयोजना गरिएको वताउंदै यस संस्थाका कर्मचारीहरुले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा सेवाप्रदानगर्न, कर्मचारीहरुले लघुवित्तको वजारमा प्रतिष्पर्धाका लागि थप गति वढाउन साथै हरेक पल हरेक क्षण कर्मचारीहरु सकारात्मकतथा सृजनात्मक सोंचाइका साथ अगाडी वढ्न निर्देशन दिनुभएको थियो । माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (MAN) काअध्यक्ष समेत रहनुभएका श्री पोखरेलले नेपाल सरकारले वितरण गर्ने बृद्ध भत्तालगायतका सामाजिक सुरक्षाभत्ताहरु लघुवित्त संस्थाहरु मार्फत वितरण गर्ने व्यवस्था गर्न सकेमा सेवाग्राहीहरुले घरदैलोमा नै छिटो, सरलतथा सहज रुपमा भत्ता लिनसक्ने भएकोले यस तर्फ समेत एसोसिएसनमार्फत अर्थमन्त्रालयमा पहलभइरहेको कुरा वताउनु भयो ।

उक्त तालिम कार्यक्रमको उदघाटन सत्रमा संस्थाका सञ्चालकश्री सन्तोष कुमार पोखरेलले संस्थाले सञ्चालन गरेको यस तालिमको लागि सफलताको शुभकामनादिनु हुंदै कर्मचारीहरुको क्षमता बृद्धि गर्नको लागि यस्ता तालिमहरुको आवश्यकता रहने र कर्मचारीहरुलाई आवश्यकताको   आधारमा तालिम प्रदान गर्न र संस्थाले प्रदान गर्ने तालिमहरुबाट सिकेर कर्मचारीहरुले आफ्नो कार्यसम्पादन दक्षता वढाउन सुझाव दिनुभएको थियो ।

तालिमकार्यक्रमको सभापतितथा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण घिमिरेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको दक्षताअभिबृद्धि गर्न र भविष्यमा संस्थाले आन्तरिक रुपमा सञ्चाल गर्ने तालिम कार्यक्रमहरुको लागि कुशल र दक्ष प्रशिक्षक समेत संस्थाभित्रैबाट तयार गर्दै जाने योजनाअनुसार Leadershup Development Training कार्यक्रमको आयोजना गरेको वताउनु भयो ।संस्थाले हालसम्म हासिल गरेको प्रगतिको बारेमा  प्रकाश पार्दै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लक्षित वर्गहरुमाकर्जा तथा वचतका कार्यक्रमहरु लगायत सामाजिक कार्यक्रमहरु समेत सञ्चालनगर्दै आइरहेको कुरा वताउनु भयो । 

तालिम कार्यक्रममा चार्टरर्ड एकाउन्टेट श्री दुर्गा प्रसाद ज्ञवाली, नेपालका लघुवित्त क्षेत्रका विज्ञहरु स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत श्री भोजराज बस्याल, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्की, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत श्री भेषराजपन्थी, सिटिजन लाइफइन्स्योरेन्सकाप्रमुखकार्यकारी अधिकृत श्री पोषक राजपौडेल, JCI International Trainer  श्री मिलन गुरुङ्ग, पोखरा विश्व विद्यालयका प्राध्यापक श्री सन्तोष पोखरेल र नापी विज्ञ श्री लेखनाथ दाहालले तालिम प्रदान गर्नुभएको थियो । 

तालिम कार्यक्रमको समापन समारोहमा सहभागीहरुकोे तर्फबाट अनुगमनअधिकृत रिपेन्द्र दाहाल, वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रमीला शाक्य, देउराली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवालीले तालिम कार्यक्रम अत्यन्त राम्रो तथा फल दायीभएको र यसबाट सिकेका विषयवस्तुहरुलाई सहभागीहरुले कार्यान्वयनमा ल्याउन सक्नुपर्ने वताउनुभयो । 

समापन सत्रमा सञ्चालक समितिका अध्यक्ष श्री जगत बहादुर  पोखरेलले प्रत्येक सहभागीहरुसंग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको वारेमा जानकारी लिनुभएको थियो । अन्तमा प्रमाणपत्र वितरण गर्दै अध्यक्षश्री पोखरेलले यस वित्तीय संस्थाले छोटो समयमा हासिल गरेको प्रगतिमा सञ्चालक समितिको टीमको सक्रियता र कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्नु हुंदै आगामीदिनमा यस संस्थाको थप उन्नती प्रगतिको लागि दत्तचित्त भएर कार्य गर्न शुभकामना दिनुभएको थियो ।तालिम कार्यक्रमका सभापति तथा प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण घिमिरेले सञ्चालक समितिकाअध्यक्ष लगायत अन्य सदस्य ज्यूहरुको संस्थाले गरेको कार्यक्रम र संस्थाको उन्नती प्रगतिको लागि प्राप्त भइरहेको निरन्तर सुझाव तथा लगावले संस्थाका व्यवस्थापनमा रहने कर्मचारीहरुलाई समेत उर्जा प्रदान भइरहेको वताउनु भयो । समापन समारोहमा उपस्थित सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालकज्यूहरु श्री पुष्पराज ढकाल, दीपककुमार वुढाथोकी, सन्तोष कुमार पाखरेल,केशवराज पंन्थी एवं पूर्व सञ्चालक ज्यूहरु, सहभागी अन्य संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत यस संस्थाका सहभागी कर्मचारीहरुलाई धन्यवाद तथा शुभकामना दिंदै तालिम कार्यक्रमको समापन गर्नु भएको थियो । 

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म सातवटै प्रदेशका ५२ जिल्लामा १ सय ३३ वटा शाखा कार्यालय विस्तार गरी करिब ७५५४०हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदानगर्दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. ३ अर्ब ६७ करोड, कुल बचत रु. १अर्ब ११ करोड रहेको छ ।