चौतारी लघुवित्तद्धारा सीपमूलक तालिम सम्पन्न

चौैतारी लघुवित्त वित्तीय संस्थाले २ दिने सीपमूलक तालिम सम्पन्न गरेको छ । संस्थाले शाखा कार्यालय शंकरपुर, रुपन्देही आबद्ध सदस्यहरु मध्ये ३० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा च्याउ बनाउने तालिम प्रदान गरेको हो । सो तालिम प्रशिक्षकमा संस्थामा कार्यरत मधुसुभन अधिकारी गरेका थिए ।

तालिम कार्यक्रमलाई उद्घघाटन गर्दै शंकरपुर शाखाका अनुगमन कृष्ण बहादुर चौधरीले संस्थाले संञ्चालन गर्ने यस्ता तालिमहरुले ग्राहक सदस्यहरु उपभोगमुखी मात्रै नभई उत्पादनमुखी हुने र वित्तीय आवस्यकताहरु पुरा गर्न ग्राहक दिदिबहिनीहरुलाई सहजता हुने विश्वास लिए ।

हालसम्म संस्थाले १५ वटा जिल्लाका५७ शाखा कार्यालयहरु मार्फत करीब ३८ हजार ५ सय भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब २५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३७ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

 

Source: abhiyan Daily 

https://www.abhiyandaily.com/newscategory-detail/372985

© Copyright 2025. Aarambha Chautari Laghubitta All Rights Reserved.